Friday, 7 March 2014

भाईचुंग लोकसभा उम्मेदवार

०७ मार्च २०१४ : भाईचुंगलाई लोकसभा उम्मेदवार को रुपमा हामी स्वागत गर्दछौ। आफ्नो मताधिकार को प्रयोग गर्दा  हामी साधारण जनता धेरै जसो पार्टी भन्दा ब्यक्ति बिशेस पनि हेर्ने गरछौ। भाईचुंगलाई न जान्ने कोई पनि छैन। भारतलाई फुटबलमा नेतृत्व प्रदान गर्नु, सिक्किममा अनी सिलीगुड़ीमा युवाहरुको निम्ति  फुटबल को विकास गर्नु कार्यकलापले बुझींछ कि उनकोमा देश को लागि, समाजको लागि, युवाहरुको लागि केही गर्ने गुण छ। उनकोमा लीडरशिप क्वालिटी छ, र भाईचुंगबाट बिकास को आशा गर्नु सकीन्छ।    
  

नगरकट्टामा जलढाका मोड़ स्थित भानुभक्तको शालीग तोडफोड

नगरकट्टामा दिनांक ५ मार्च २०१४ बुधबारको दिन राति जलढाका मोड़ स्थित भानुभक्तको शालीग तोडफोड गरिएको घटनालाई हामी घोर निंदा गर्दछौं। यो घटनालाई कसले अंजाम दिएको किन दिएको थाहा छैना, कसैले यसको उत्तरदायित्व लिएको छैना। जसले पनि यो कुकर्म गर्यो त्यसको के मकसद हो? यो मकसद गोर्खा समाजलाई जनाउनु पर्ने कुरा हो। भानुभक्त अनी गोर्खा समाजले यो समाज बिरोधीहरुको के खती गर्यो? कसैलाई थाहा छैन। समस्यालाई  आपसमा बिचार बिमर्श गरी मतभेद दूर गरी डूवर्समा शांति कायम राख्ने चेस्टा सबैको हुनु पर्छ।